शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

एमसीसीअन्तर्गतकाे धानखोलादेखि लमहीसम्मकाे ४० किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान हुँदै

images
सोमबार, जेठ २१ २०८१
images
एमसीसीअन्तर्गतकाे धानखोलादेखि लमहीसम्मकाे ४० किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान हुँदै

छलफलका क्रममा प्रतिवेदनमाथि विभिन्न निकायबाट प्राप्त सुझावहरू समेटी अन्तिम प्रतिवेदन स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिनेछ।

images
images

काठमाडौं- एमसीसीअन्तर्गत पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक मर्मत प्रक्रिया सुरु गरिएकाे छ।

images
images
images

एमसीए-नेपालले धानखोलादेखि लमहीसम्म ४० किलोमिटर सडक मर्मतकाे लागि आगामी असारमा बाेलपत्र आह्वानकाे तयारी समेत गरिएकाे छ।

images
images

मर्मत गर्नुपूर्व तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएको जेठ २० मा छलफल समेत गरेकाे एमसीए नेपालले जानकारी दिएकाे छ।

images
images

विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले उक्त प्रतिवेदनको नतिजामाथि विस्तृत छलफल गर छलफलका क्रममा प्रतिवेदनमाथि विभिन्न निकायबाट प्राप्त सुझावहरू समेटी अन्तिम प्रतिवेदन स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिनेछ।

धानखोलादेखि लमहीसम्म ४० किलोमिटर सडक मर्मत कार्य कार्यान्वयनपूर्व एमसीए-नेपालले तयार गरेको उक्त प्रतिवेदनले आयोजनाका कारण वातावरण र समुदायमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्न सहयोग पुर्‍याउने एमसीएले जनाएकाे छ।

एमसीए-नेपालले 'फूल डेप्थ रिक्लेमेसन' प्रविधि भित्र्याइ कार्यान्वयन गर्न लागेको सडक मर्मत आयोजनासम्बन्धी बोलपत्र असारमा प्रकाशन गर्ने तयारी गरेको समेत एमसीएले जनाएकाे छ।


प्रकाशित : सोमबार, जेठ २१ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend