बिहीबार , मंसिर १३ गते २०८१    
images
images

सरकारी दररेटभन्दा कममा नदीजन्य पदार्थ बिक्री गर्ने गोदावरीका मेयर महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
सोमबार, जेठ २१ २०८१
images
images
सरकारी दररेटभन्दा कममा नदीजन्य पदार्थ बिक्री गर्ने गोदावरीका मेयर महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारी दररेटभन्दा कमगरी वार्षिक करोडौँ राजस्व हिनामिना गरेको भन्ने उजुरीउपर छानबीन गरी अख्तियारले मुद्दा दर्ता गरेको हो।

images
images

काठमाडौं- सरकारी दररेटभन्दा कममा खानी तथा नदीजन्य पदार्थ बिक्री गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन महर्जनसहित ९ जना र एक प्रालिउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।  

images
images
images

गोदावरी नगरपालिकामा क्रसर, खानी तथा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, वेस, चिप्स) आदिमा सरकारी दररेटभन्दा कमगरी वार्षिक करोडौँ राजस्व हिनामिना गरेको भन्ने उजुरीउपर छानबीन गरी अख्तियारले मुद्दा दर्ता गरेको हो।

images

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा खानीजन्य/नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थ (ढुङ्गा, गिट्टी, रोडा, बालुवा लगायत) को बोलपत्र आह्वान एवं ठेक्‍का सम्झौता गरी गोदावरी नगरपालिकाले राजस्व निर्धारण गर्दा नेपालको संविधान, संघीय ऐन, बागमती प्रदेश ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेत प्रचलित कानूनलाई बेवास्ता गरी आवश्यक प्रमाण सङ्कलन नगरी बागमती प्रदेश आर्थिक ऐन, २०७० को दफा ९ ले निर्धारण गरेको राजस्व दर भन्दा कम गरी आर्थिक हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

images

नगरपालिकाले प्रतिघनफिट ९ रुपैयाँबाट घटाइ २ रुपैयाँ ७५ पैसा मात्र राजस्व दर निर्धारण गरी ढुङ्गा, गिट्टी, रोडा, बालुवा, ग्राभेल र माटोको निकासी शुल्क ९ रुपैयाँ प्रतिघनफिटको सट्टा २ रुपैयाँ ७५ पैसा प्रतिघनफिट असुल गराउँदा ६ रुपैयाँ २५ पैसा प्रतिघनफिट रकमको प्रत्यक्ष लाभ प्रतिवादीहरु, खानी उद्योग तथा क्रसर व्यवसायीहरुलाई पुगेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

जसबाट सरकारले प्राप्त गर्ने मूल्य अभिवृद्धि कर, बागमती प्रदेश सरकारको राजस्व हिस्सा ४० प्रतिशत र गोदावरी नगरपालिकाले प्राप्त गर्ने ६० प्रतिशत हिस्सासमेत गरी आर्थिक वर्ष २०७९/०८० मा ढुङ्गा, गिट्टी, ग्रावेल, रोडा, बालुवा, माटो, खरिढुङ्गाको निकासी करको ठेक्कासम्झौता गर्दा संघीय सरकार, बागमती प्रदेश सरकार र गोदावरी नगरपालिकालाई २६ करोड ६३ लाख ३७ हजार ३ सय ९८ रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित मुद्दा दर्ता गरेको अख्तियारले जारी गरेको आरोपपत्रमा उल्लेख छ।

अख्तिायरले मेयर महर्जनसहित तत्कालीन उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, गोदावरी नगरपालिकाका राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सन र सोको सञ्चालक रवि महर्जन, निराकार ढुंगा रोडा उद्योग प्रालि र सोको सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रालि र सोको सञ्चालक केदार नाथ तिमल्सेना, सजिलो रोडा ढुंगा उद्योग प्रालि र सोको सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जनको ढुंगा उद्योग प्रालि सबैलाई २६ करोड ६३ लाख ३७ हजार ३ सय ९८ रुपैयाँ बिगोसहित अख्तियारले मुद्दा दर्ता गरेको हो।


प्रकाशित : सोमबार, जेठ २१ २०८११८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend