बिहीबार , मंसिर १३ गते २०८१    
images
images

४९ टनको भारवहन मापदण्डविपरीत ६५ टनका ट्रक बिक्री गर्दै सिनो ट्रक

कारबाही गर्न यातायात कार्यालय र प्रहरीलाई विभागको पत्र

images
मंगलबार, जेठ २२ २०८१
images
images
४९ टनको भारवहन मापदण्डविपरीत ६५ टनका ट्रक बिक्री गर्दै सिनो ट्रक

नेपालमा पनि यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४ ले दिएको अधिकार प्रयोग गरेर भारवहन निर्देशिका २०७४ जारी गरेको थियो।

images
images

काठमाडौं- चिनियाँ कमर्सियल सवारी उत्पादक कम्पनी सिनो ट्रकका ट्रेलर तथा ट्रकहरू नेपालमा अधिक भारवहन क्षमतामा बिक्री गर्दै आएको पाइएको छ। 

images
images
images

आधिकारिक बिक्रेताका रुपमा स्पार्क अटोमोटिभ प्रालिले सिनो ट्रक नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ। स्पार्क अटोमोटिभले कानूनले तोकेभन्दा धेरै भारवहन क्षमताका ट्रक निर्वाध रुपमा नेपाल भित्र्याएर बिक्री गरिरहेको छ। 

images

सरकारले सडकको क्षमता नबिग्रियोस् भनेर ठूला ट्रक तथा ट्रेलरहरूले बोक्न पाउने लोडको सीमा तय गरेको छ। सीमाभन्दा बढी लोड बोक्दा सडकको संरचना बिग्रिने भएकाले नै सरकारले यस्तो मापदण्ड बनाएको हो। हरेक देशले आफ्नो देशमा बनेका सडकहरूमा निश्चित भार बोक्न सवारीसाधन गुडाउन पाउनेगरी मापदण्ड तयार पारेर कार्यान्वनयमा ल्याएका हुन्छन्। 

images

नेपालमा पनि यातायात व्यवस्था विभागले 'सवारी तथा यातायात व्यवस्था ऐन २०४९' र 'यातायात व्यवस्था नियमावली २०५४' ले दिएको अधिकार प्रयोग गरेर 'भारवहन निर्देशिका २०७४' जारी गरेको थियो। उक्त निर्देशिकाको अनुसूची १ मा एक्जलअनुसार कति लोड बोक्न पाइने भन्ने व्यवस्था रहेको छ। 

अनुसूचीको ब्याख्यामा कुल सवारी वजनसम्बन्धी विशेष सीमाहरू : कुनै मालवाहक सवारीको कुल अधिकतम एक्जल लोड वा कुल सवारी वजन निर्धारणको लागि अनुसूची १ लाई आधार मानिनेछ तर नेपालमा सञ्चालन हुने रिजिड ट्रकको हकमा कुल वजन ३६ टन र ट्रेलर वा सेमी ट्रेलरको हकमा कुल वजन ४९ टनभन्दा बढी हुनु हुँदैन भन्ने उल्लेख छ।  

यस्तो स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै स्पार्क अटोमोटिभले सिनो ट्रकका ट्रेलर तथा ट्रकहरूको जीभीडब्लू ६५ टनसम्म रहेको उल्लेख गरेर बिक्री गरिरहेको छ। नेपालको यातायात व्यवस्था ऐनअन्तर्गतका भारवहनसम्बन्धी मापदण्डअनुसार गाडी डीभीडब्लू जतिसुकै उल्लेख गरेपनि त्यसले लोड बोक्ने क्षमता निश्चित गरिएको छ। 

सिनोले रिजिड ट्रक तथा ट्रेलले मापदण्डभन्दा बढी भारवहन क्षमता राखेर बिक्री गरिरहेको छ। विद्यमान कार्यविधिअनुसार रिजिड ट्रकले ३५ टन तथा ट्रेलरले ४९ टन भार बोक्न पाउने छन्। यो क्षमता अधिकतम बोक्न सक्ने भारवहन क्षमता हुने कार्यविधिमा उल्लेख छ। 

333.PNG

यस सम्बन्धमा यातायात व्यवस्था विभागले यही जेठ १७ गते यातायात व्यवस्था कार्यालयलाई सबैलाई सम्बोधन गरेर भारवहनसम्बन्धी कानूनी प्रावधान कार्यान्वयन गर्न परिपत्र गरेको छ।

उक्त परिपत्रमा 'मालवाहक सवारीहरूको अधिक वजनका कारण सडकमा पुग्ने क्षति तथा यातायात व्यवस्थापनमा पर्ने असरहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ ‘मालवाहक सवारीको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याइएकोमा तोकिएभन्दा बढी वजन भएका मालवाहक सवारीहरू सडकमा गुडिरहेका र त्यस्ता सवारीहरूको अधिक भार बराबरको मालसामान नझारी, जरिबानामात्र गरी सडकमा गुड्न दिँदा भारवहन नियमनसम्बन्धी व्यवस्थाको कार्यान्वयन हुन नसकेकोप्रति यस विभागको ध्यानाकर्षण गराउँदै कानूनसम्मत भारवहन नियमन कार्यान्वयन गराउन अनुरोध गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघबाट यस विभा समक्ष अनुरोध भइआएकोमा उपरोक्त निर्देशिकामा भएका अन्य व्यवस्थाहरूका साथै देहायका बुँदाहरूमा समेत ध्यान दिइ भारवहन नियमनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, गराउन हुन अनुरोध छ।’

उक्त परिपत्रमा विभागले विशेषगरी तीन वटा विषय उल्लेख गरेको छ।

१. बढी भार बराबरको मालसामान झार्न लगाउनु पर्नेः निर्देशिकाको अनुसूची-१ मा उल्लिखित अधिकतम कुल वजन वा एक्जल लोड वा दफा ९ को अधिकतम सीमा भन्दा बढी भारवहन गरेका मालवाहक सवारीलाई जरिवानाको अतिरिक्त बढी भार बराबरको मालसामान झार्न लगाएर मात्र अगाडि बढ्न दिनु पर्ने र त्यसरी झारिएको सामानको व्यवस्थापन समेत सम्बन्धित सवारीधनीले नै गर्नु पर्ने। (निर्देशिकाको दफा ९ र १०)

२. उत्पादक कम्पनीले तोकेकै अधारमा मात्र कुल सवारी वजन कायम नहुनेः सवारी उत्पादक कम्पनीले तोके अनुसार सवारी दर्ता प्रमाणपत्रमा उल्लेख भएको कुल सवारी वजन निर्देशकाको अनुसूची-१ वा दफा ९ क मा तोकिएको वजनको अधिकतम सीमा भन्दा बढी भएमा निर्देशिकामा तोकिए अनुसार हुने गरी मात्र वजन कायम गरी सवारी सडकमा सञ्चालन गर्न पाइनेछ। उत्पादक कम्पनीले निर्धारण गरेको कुल वजनका आधारमा निर्देशिकाको व्यवस्था विपरित बढी वजन हुने गरी सवारी सञ्चालन गर्न पाइने छैन। कुनै सवारीको हकमा उत्पादक कम्पनीले तोकेको कुल सवारी वजन निर्देशिकामा त्यस्तो सवारीको लागि तोकिएको अधिकतम वजन भन्दा बढी भएमा सवारी दर्ता गर्दाका बखत वा नियमित जाँचपास गर्ने समयमा सम्बिन्धित यातायात व्यवस्था कार्यालयले सवारी दर्ता प्रमाणपत्रको कुनै पानामा त्यस्तो सवारीको निर्देशिका बमोजिम हुन आउने कुल अधिकतम वजन प्रष्ट रुपमा जनाउनु पर्नेछ। (दफा १३क) 

३. कुल सवारी वजनसम्बन्धी विशेष सीमाहरूः कुनै मालवाहक सवारीको कुल अधिकतम एक्जल लोड वा कुल सवारी वजन निर्धारणको लागि अनुसूची-१ लाई आधार मानिनेछ तर नेपालमा सञ्चालन हुने रिजिड ट्रकको हकमा कुल वजन ३५ टन र ट्रेलर वा सेमी ट्रेलरको हकमा कुल बजन ४९ टन भन्दा बढी हुनु हुँदैन। (दफा ९क)

त्यस्तै विभागले यस्तै आशयको परिपत्र २०८० चैत ४ गतेसमेत जारी गरेको थियो। विभागको उक्त परिपत्रपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघले सोहीअनुसार गर्न आफ्ना सदस्य संघहरूलाई क्रमशः जेठ १८ गते र जेठ १७ गते पत्र पठाइसकेका छन्। 

विभागले सबै यातायात व्यवस्था कार्यालयसहित ट्राफिक प्रहरीलाई भारवहन क्षमतासम्बन्धी कानूनी व्यवस्था उल्लेख गरेर कारबाही गर्न भनेको छ। यसका साथै विभागले प्रहरी प्रधान कार्यालयलाई पनि यसबारेमा जानकारी गराउँदै कारबाहीका लागि भनेको छ। 


प्रकाशित : मंगलबार, जेठ २२ २०८१०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend