बिहीबार , मंसिर १३ गते २०८१    
images
images

सिलौटो र जाँतो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल, राम्रो छ आम्दानी

images
सोमबार, जेठ २१ २०८१
images
images
सिलौटो र जाँतो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल, राम्रो छ आम्दानी

'एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ। एउटा चार सयदेखि आठ सय रूपैयाँमा दैनिक १० वटासम्म बिक्री भइरहेको छ', उनले भने।

images
images

सुनसरी- धरान उपमहानगरपालिका-८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहेका छन्।

images
images
images

उनले सिलौटा बनाउने पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिएको बताए। ढुंगाबाट बनेका सामग्री विभिन्न आकार र बुट्टाले भरिएका छन्। शर्माले ती सामग्री बिक्रीका लागि लहरै राखेका छन्।

images

उनले भने, 'विदेशमा गएर दुःख गर्नुभन्दा यही सिलौटो व्यापार गरेर जीविकोपार्जन भइरहेको छ।'

images

स्वदेशमा केही गर्दा आन्दानीसँगै आत्मसन्तुष्टि प्राप्त हुने उनको बुझाइ छ। सिलौटो बनाउने ढुंगा मोरङको केराबारी, जाँते लेटाङलगायत स्थानबाट खरिद गरी ल्याउने गरेको शर्माले बताए। उक्त व्यापारबाट मासिक ३५ हजार रूपैयाँदेखि ४० हजार रूपैयाँसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए।

'व्यापार गर्न एउटै स्थान बनाएको छैन। एक ठाउँमा तीन/चारदिन व्यापार गर्छु। तीन/चारदिनपछि ठाउँ परिवर्तन गर्छु', शर्माले भने, 'पुर्खाले गर्दै आएको पेसा भएकाले पेसाको संरक्षण र आम्दानी हुने भएकाले निरन्तरता दिएको छु।'

निर्माण गरिएका सामान धरानका साथै पाहाडी भेग, भेडेटार, धनकुटा, इटहरी, बेलबारी, मोरङ, झापालगायत स्थानमा बिक्री हुँदै आएको शर्माले बताए। मागअनुसार कतिपय सामान बनाउने गरेको उनको भनाइ छ। 'एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ। एउटा चार सयदेखि आठ सय रूपैयाँमा दैनिक १० वटासम्म बिक्री भइरहेको छ', उनले भने।

पछिल्लो समय महँगी र आधुनिकताका कारण व्यवसाय संकटमा पर्दै गएको शर्माको भनाइ छ। 'अहिले सिलौटोमा मसला पिस्ने चलन हराउँदै जान थाल्यो, व्यवसाय संकटमा पर्छकी भन्ने डर छ', उनले भने, 'पुर्ख्यौली पेसा भएकाले संरक्षणका लागि पनि निरन्तरता दिँदै आएको छु।'

ढुंगाको सिलौटो बनाउने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताए। 'परम्परागत रुपमा प्रयोग गर्दै आइएको ढुंगाको सिलौटोलाई संरक्षण र प्रवर्द्धन गर्दै लैजानुपर्छ', उनले भने, 'स्थानीय सरकारले यस्तो पेसा गर्नेलाई सहयोग गर्नुपर्छ। प्रत्येक घरमा ढुंगाको सिलौटो छन्। आधुनिकताले गर्दा प्रयोगमा कम आउन थालेको मात्रै हो।' रासस


प्रकाशित : सोमबार, जेठ २१ २०८११७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend