सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

२४ करोड रुपैयाँको आईपीओ जारी गर्दै मायाखोला आयोजना, चैतदेखि बिजुली उत्पादन थाल्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १० २०७८
images
२४ करोड रुपैयाँको आईपीओ जारी गर्दै मायाखोला आयोजना, चैतदेखि बिजुली उत्पादन थाल्ने
images
images

काठमाडौं- साधारण सेयर (आईपीओ) जारी गर्ने अन्तिम तयारीमा रहेको मायाखोला जलविद्युत कम्पनीको काम ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। 

images
images
images

२ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको थियो। 

images
images

निर्माणको अन्तिम चरणमा रहेको माया खोलाले सर्वधारणका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। 

images
images

आयोजनाले केही समयमै आईपीओ जारी गर्ने जनाएको छ। आयोजनाको हाइड्रो र इलेक्ट्रो  मेकानिकल उपकरण जडानको भइरहेको छ। २२ सय मिटर मुख्य सुरुङ खन्ने काम पुरा गरी ढलानको काम पनि सकिएको छ। आयोजनाको बाँकी २० प्रतिशत काम पूरा गरेर आगामी चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। 

आयोजनाबाट २०७८ चैतभित्र विद्युत उत्पादन गर्ने तालिका छ। आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ। 


प्रकाशित : शनिबार, पुस १० २०७८०२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend