शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

आगामी आवको बजेट यथार्थपरक नभएको सांसदको टिप्पणी, कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड

images
सोमबार, जेठ २१ २०८१
images
आगामी आवको बजेट यथार्थपरक नभएको सांसदको टिप्पणी, कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड

'कृषिमा लगानी दशक घोषणा गरिएको छ। यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ', सांसदले भने।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गरेका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताए।

images
images

सांसद चौधरीले भने, 'कृषिमा लगानी दशक घोषणा गरिएको छ। यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ।'

images
images

कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उनले बजेटमा  स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दीका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गरे। 'एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ। यसलाई रोक्न ध्यान दिनुपर्छ', उनले भने

जनता समाजवादी पार्टीका सांसद डा वीरेन्द्रप्रसाद महतोले बजेटमा सकारात्मक पक्ष रहेका बताउँदै बजेटले समग्र रुपमा सबै क्षेत्रलाई समेटेको उल्लेख गरे। उनले पनि कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड दिए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेटका बारेमा सत्तापक्षले समर्थन र विपक्षीले आलोचना गर्नुपर्छ भन्ने धारणाप्रति असहमति जनाउँदै बजेट रोजगारी सृजना र कृषि विकासमा बढी केन्द्रित हुनुपर्थ्यो भन्ने धारणा राखे।

साथै उहाँले हिमपातका कारण हिमाली जिल्लामा बैशाख र जेठमा मात्र विकास-निर्माणका गतिविधि सञ्चालन गर्न सकिने यथार्थ सुनाउँदै हिमाली भेगका लागि बेग्लै आर्थिक वर्ष निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे। रासस


प्रकाशित : सोमबार, जेठ २१ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend