बिहीबार , मंसिर १३ गते २०८१    
images
images

हुरीले खानेपानी आयोजनाको सोलार पाता उडाउँदा १५ लाखको क्षति

images
सोमबार, जेठ २१ २०८१
images
images
हुरीले खानेपानी आयोजनाको सोलार पाता उडाउँदा १५ लाखको क्षति

आयोजनामा रहेका ७५ सोलार पातामध्ये ३० वटा उडाएको भन्दै करिब १५ लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ। उक्त खानेपानी आयोजनाबाट एक सय १९ घरमा पानी आपूर्ति हुँदै आएको छ।

images
images

बैतडी- आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ। हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ।

images
images
images

पाटन नगरपालिका-८ स्थित भगवती कृषि महिला विकास बहुउद्देशीय सहकारी संस्थाको छानो उडाएको नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिए। उनले भने, 'सहकारीको छानो उडाउनुका साथै भित्र रहेका दराज, कुर्ची, आवश्यक कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ।'

images

उनका अनुसार सहकारीमा करिब एक लाख ५० हजार रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

images

मेलौली नगरपालिका-७ मा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन, शिवनाथ गाउँपालिका-६ को हिरापुर माविको चार कोठे भवनको छाना उडाएको नेत्रज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरदत्त भट्टले जानकारी दिए। उनका अनुसार हुरीका कारण बसेडिभ्वा र कोदालीका घरमा समेत क्षति पुर्‍याएको छ। 

हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि पाटन नगरपालिका-१ स्थित गणेशपुरसहित अन्य चार गाउँमा खानेपानीको समस्या भएको पाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले जानकारी दिए। उनका अनुसार आयोजनाको सोलारपाताका साथै पाटन-१ गेरुवापानीस्थित मुहानमा राखिएका सोलार पातासमेत उडाएको छ।

चार गाउँसहित तीन विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरलगायत स्थानमा खानेपानीको आपूर्ति बन्द भएको खानेपानी आयोजनाका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए।

आयोजनामा रहेका ७५ सोलार पातामध्ये ३० वटा उडाएको भन्दै करिब १५ लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ। उक्त खानेपानी आयोजनाबाट एक सय १९ घरमा पानी आपूर्ति हुँदै आएको छ। 


प्रकाशित : सोमबार, जेठ २१ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend