शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

तेस्रो लगानी सम्मेलनमा राखिएका १२ परियोजनामा अझै एक महिना आशयपत्रमा आवेदन दिन सकिने

images
सोमबार, जेठ २१ २०८१
images
तेस्रो लगानी सम्मेलनमा राखिएका १२ परियोजनामा अझै एक महिना आशयपत्रमा आवेदन दिन सकिने

तेस्रो लगानी सम्मेलनमा माग भएको आशयपत्र (ईओआई) को म्याद पुन: थप गरिएको छ। लगानी बोर्डले लगानी सम्मेलनपछि १२ वटा परियोजनामा आशयपत्र माग गरेको थियो।

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलनमा माग भएको आशयपत्र (ईओआई) को म्याद पुन: थप गरिएको छ। लगानी बोर्डले लगानी सम्मेलनपछि १२ वटा परियोजनामा आशयपत्र माग गरेको थियो।

images
images
images

जलाशययुक्त जलविद्युत आयोजना, औद्योगिक क्षेत्र, प्रसुति अस्पतालदेखि एक्स्प्रेस वे र सम्मेलन केन्द्र सहित १२ परियोजनाका लागि ईओआई माग गरिएको थियो। त्यसमा लगानी बोर्ड नेपालले एक महिनाको म्याद पुनः थप गरेको प्रवक्ता प्रद्युन्न उपाध्यायले जानकारी दिए। 

images
images

गएको बैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनकै क्रममा ईओआई सम्झौता नभएपछि सरकारले निश्चित समय तोकेर उक्त अवधिमा ईओआई पेश गर्न लगानीकर्तालाई आह्वान गरेको थियो। त्यसअनुसार ईओआई पेश गर्न ऊर्जाका परियोजनालाई ४५ दिन र गैरऊर्जाको हकमा ३५ दिनको समय लगानीकर्तालाई दिइएको थियो। 

images
images

अहिलेसम्म कति आवेदन परेको विषय नहेरिएको र अब सबै एकसाथ अध्ययन गरेर सार्वजनिक गरिने प्रवक्ता उपाध्ययले जानकारी दिए। कुन क्षेत्रमा कति ईओआई परेको छ भनि हेर्न नमिल्ने ई-बिडिङ हुने र यसमा सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) पनि जोडिने भएकाले म्याद छँदै कति ईओआई पर्यो हेर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए। 

बोर्डले ईओआईका लागि म्याद थप गरेसँगै अब १२ वटा विभिन्न क्षेत्रका परियोजनामा कुन-कुन लगानीकर्ताले ईओआई हाले भन्ने जानकारी हुनेछ।

८०० भन्दा बढी विदेशी प्रतिनिधिसहित २ हजार ५०० भन्दा बढीको सहभागितामा सम्पन्न भएको सम्मेलनका क्रममा ईओआई माग गरिएका परियोजनामा पारदर्शिता, प्रतिस्पर्धा र बढीभन्दा बढी लगानीकर्ता आउन सकुन् भन्ने उद्देश्यले म्याद थप गरिएको बोर्डको भनाइ छ।

बोर्डले १२ वटा परियोजनाको ईओआई आह्वान गरेको थियो। त्यसबाहेकका ७ वटा परियोजना भने निजी क्षेत्रबाट ईओआई माग गरिएका परियोजना हुन्। सरकारले ठूलो लगानी खोजेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी सम्मेलनकै दोस्रो दिन जापानस्थित अन्तर्राष्ट्रिय बैंक इच्छुक देखिएको थियो। 

सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउण्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो। त्यसमध्ये ६५० मेगावाटको कालिगण्डकी-२, ३३७ दशमलव १ मेगावाटको भर्भुङ जलाशययुक्त हाइड्रो परियोजनादेखि अन्य परियोजना रहेका छन्। 

बोर्डले पुनः ईओआई माग गरेका परियोजना 

- पोखरा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र

- चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्स्प्रेस वे

- जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज प्रोजेक्ट

- सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना 

- बबरमल प्रशासनिक प्लाजा

- नौमुरे बहुउद्देश्यीय परियोजना 

- कालिगण्डकी–२ जलाशय परियोजना 

- खिम्ती–ठोसे–शिवालय जलाशययुक्त परियोजना

- भार्भुङ जलाशययुक्त परियोजना

- दैजी औद्योगिक क्षेत्र

- गौतमबुद्ध प्रसुती अस्पताल

 


प्रकाशित : सोमबार, जेठ २१ २०८१०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend