शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज गइरहेको सफारी जिप दुर्घटना, ६ जना पर्यटक घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज गइरहेको सफारी जिप दुर्घटना, ६ जना पर्यटक घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भइ दुर्घटना भएको छ।

images
images

चितवन- पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। खैरहनी नगरपालिका-१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भइ दुर्घटना भएको छ।

images
images

दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन्। घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४  वर्षे बिजय मोरे, ५८  वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन्। 

images
images

घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक चितवन रत्ननगर नगरपालिका-४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend