शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : गगन थापा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : गगन थापा

'सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन्। उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ।'

images
images

काठमाडौं- प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन्।

images
images
images

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे।

images
images

यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए।

images
images

'यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन्। राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्', उनले भने, 'सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन्। उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ।'

गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरे। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend