बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
images
images
प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेसँगै छलफल सुरु भएको छ।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आज आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेसँगै छलफल सुरु भएको छ।

images
images

यसअघि प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानून र विधिसम्मत नरहेको बताए। कानूनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने उनको भनाइ छ।

images
images

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे। महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए। 

images
images
images

सांसद ईश्वरीदेवी न्यौपानेले संसद् भवनमा आमनागरिकको सहज प्रवेशका लागि व्यवस्था गरिनुपर्ने बताइन्। सांसदहरु संसद्मा मर्यादित पोसाकमा उपस्थित हुनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सभामुखमार्फत माग राखिन्। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend