बिहीबार , मंसिर १३ गते २०८१    
images
images

पेट्रोलियम पदार्थ अन्वेषण : ४ हजार ५ सय मिटरमध्ये २ सय १८ मिटर ड्रिलिङ सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
images
images
पेट्रोलियम पदार्थ अन्वेषण : ४ हजार ५ सय मिटरमध्ये २ सय १८ मिटर ड्रिलिङ सकियो

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो।

images
images

दैलेख- जिल्लाको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन्। 

images
images
images

उत्खखनका क्रममा २ सय १८ मिटर ड्रिलिङ भएको छ। ड्रिलिङ ४ हजार ५ सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए। 

images

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

images

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो। रासस


प्रकाशित : शुक्रबार, जेठ १८ २०८१११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend