शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
images
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

२५ मिटर लामो पुल ७ करोड ४६ लाख १० हजार ५ सय २० को लागतमा बन्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए।

images
images

तनहुँ- बन्दीपुर गाउँपालिका-२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो।

images
images
images

विसं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको २५ मिटर लामो पुल ७ करोड ४६ लाख १० हजार ५ सय २० को लागतमा बन्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। 

images
images

पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गरे। गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले निर्माणको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। 

images
images

बन्दीपुर गाउँपालिकाका वडाध्यक्ष तिलकबहादुर कुँवरले लामो समयदेखिको वडाबासीको पुल निर्माणको माग पूरा हुन लागेको बताए। रासस 


प्रकाशित : शुक्रबार, जेठ १८ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend