शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

काठमाडौंमा तापक्रम ३३ डिग्रीसम्म पुग्ने, अपराह्न हल्का वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १८ २०८१
images
काठमाडौंमा तापक्रम ३३ डिग्रीसम्म पुग्ने, अपराह्न हल्का वर्षाको सम्भावना

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ। यहाँको अधिकतम  तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ। 

images
images
images

हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
images

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा छ। कोशी प्रदेश एक-दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

images
images

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम  सफा रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। 

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।  


प्रकाशित : शुक्रबार, जेठ १८ २०८१०९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend