शनिबार, साउन १२ गते २०८१    
images
images
images

कृषि तथा पशुपक्षी बीमालाई निरन्तरता

images
बिहीबार , जेठ १७ २०८१
images
images
कृषि तथा पशुपक्षी बीमालाई निरन्तरता

कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो।

images

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि तथा पशुपक्षी बीमा निरन्तर रहने जनाएको छ।

images
images

कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images

बैठकमा मन्त्रालयका सचिवद्वय डा दिपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघसहितको बैठकले पशुपक्षी तथा जडीबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा विसं २०८० चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो।

छलफलमा बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपक्षी बीमाअन्तर्गतको बीमालेखबापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिइन्।

images

बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ। बीमकले कृषि तथा पशुपक्षी बीमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८११८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend