शनिबार, साउन १२ गते २०८१    
images
images
images

चोरीका मोबाइल मर्मतमा आउँदा छुट्याउन सकिँदैन, कानून चाहियो : मोबाइल व्यवसायी महासंघ

images
बिहीबार , जेठ १७ २०८१
images
images
चोरीका मोबाइल मर्मतमा आउँदा छुट्याउन सकिँदैन, कानून चाहियो : मोबाइल व्यवसायी महासंघ

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतका समयमा व्यवसायीहरुलाई असहज अवस्था रहेको र व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेको बताए।

images

काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतका समयमा व्यवसायीहरुले झमेला भोग्नु परिरहेको बताएको छ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतमा देखिंदै आएको कानूनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनुपर्ने बताएको हो। 

images
images

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतका समयमा व्यवसायीहरुलाई असहज अवस्था रहेको र व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेको बताए।

images

‘चोरी भएका, हराएका मोबाइलहरु मर्मतका लागि व्यवसायीहरुसम्म आइपुग्दा सोबारे व्यवसायी जानकार नरहने तर मर्मतपछि प्रहरी प्रसासनसँगको समन्वय र कानूनी व्यवस्थाको अभाव हुँदा व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेका छन्, सरकारले यो समस्या समाधान गर्न कानूनीरुपमा नै बाटो खोज्नुपर्छ,’ अध्यक्ष भट्टराईले भने।

भट्टराईले भन्सार छलीमार्फत भित्रने (ग्रे मोबाइल फोन)ले बजारको अवस्था बिग्रदो अवस्थामा पुर्‍याएको समेत बताए। जसका कारण सरकारको राजस्वमा घाटा भइ देशको अर्थतन्त्रमा नकरात्मक असर बढ्दो रहेको उनको भनाइ छ। सो कारोबारको अन्त्य गर्नका लागि सरकारले तत्काल आवश्यक नीति बनाउनुपर्ने उनले बताए।

images

संघका महासचिव रमेश घिमिरेले मोबाइल सेटको दोस्रो बिक्री (सेकेण्ड ह्यान्ड कारोबार) मा सरकारको नीति प्रष्ट नहुँदासमेत बिक्री सहज हुन नसकेको बताए।

‘मोबाइलको सेकेण्ड ह्यान्ड कारोबारमा सरकारको नीति प्रष्ट छैन, नीति नहुँदा बिक्री पनि सहज छैन, जसका कारण व्यवसायीहरु मारमा छन्, यसलाई व्यवस्थित बनाउँदा दोस्रो पटकको बिक्रीको अवस्था बढ्ने र देशको पैसा देशभित्रै रहने वातावरण बन्ने छ, यो किसिमको कारोवार गर्न वैध व्यवस्था नहुँदा उपभोक्तासमेत मारमा छन्’, महासचिव घिमिरेले भने।

यसैगरी नेपालमा मोबाइल एसोसरिजको अन्डर विलिङको कारोबारसमेत बढ्दो रहेको महसंघले जनाएको छ। त्यस्ता एसोसरिजहरु भन्सार भएर आउँदा नै सरकारले कडा रेखदेख र नीति कायम गर्न नसक्दा त्यसको मार साना व्यवसायीहरुले भोग्नु परिरहेको महासंघको दाबी छ। यसलेसमेत सरकारको राजस्वमा नकरात्मक असर रहेको महासंघले बताएको छ। 

महासंघको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो साधारणसभा अगामी २५ जेठमा काठमाडौंमा हुँदैछ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महाधिवेशनको उद्घाटन गर्ने तयारी छ। महाधिवेशनबाट संघको आगामी नयाँ नेतृत्व चयन हुने छ।

२०७६ मा तदर्थ समिति निर्माण भइ २०७८ असार २७ गते काठमाडौं जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको नेपाल मोबाइल व्यवसायी महासंघको सात प्रदेशसहित ७० जिल्लामा शाखा छ। महासंघमा करिब २० हजार व्यवसायी जोडिएका छन् भने महाधिवेशनमा भने सात प्रदेशका ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन्।


प्रकाशित : बिहीबार , जेठ १७ २०८११६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend