शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

उद्योगमा घट्दो लगानी : १० महिनामा १२ अर्बले घट्यो लगानी प्रतिबद्धता

३ सय २४ उद्योगमा १ खर्ब ८१ अर्बको लगानी प्रतिबद्धता

images
आइतबार, जेठ २० २०८१
images
उद्योगमा घट्दो लगानी : १० महिनामा १२ अर्बले घट्यो लगानी प्रतिबद्धता
images
images

काठमाडौं- उद्योग विभागका अनुसार चालु आव २०८०/०८१ को १० महिनामा ३ सय २४ वटा नयाँ उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमा १ खर्ब ८१ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

images
images
images

नयाँ दर्ता भएकामा पनि साना प्रकृतिका उद्योगको संख्या बढी छ। विभागका अनुसार चालु आवमा २ सय साना उद्योग दर्ताको लक्ष्य थियो तर १० महिनामै २ सय ५० साना उद्योग दर्ता भएका छन्।

images
images

यसैगरी मझौला उद्योग १० महिनामा ३४ वटा दर्ता भएका छन्। जसमा वार्षिक लक्ष्य ८५ वटा रहेको थियो।

images
images

विभागका अनुसार १० महिनामा ४० वटा ठूला उद्योग दर्ता भएका छन्। यो लक्ष्यभन्दा धेरै पछाडि हो। १० महिनामा लक्ष्यको १० प्रतिशत मात्रै उद्योग दर्ता भएको हो। 

चालु आर्थिक वर्षको १० महिनामा उद्योगमा आएको लगानी प्रतिबद्धता गत आवको सोही अविधिको तुलनामा १२ अर्ब रुपैयाँले कम हो। गत आवको १० महिनामा २ सय ४९ उद्योगमा १ खर्ब ९३ अर्ब लगानी प्रतिबद्धता आएको थियो।

चालु आवको १० महिना दर्ता भएको उद्योगको संख्या भने गत आवको सोही अवधिको भन्दा बढी हो। 

यस्तै आर्थिक वर्ष २०७८/०७९ को १० महिनामा २ सय ६४ उद्योगमा २ खर्ब ९३ अर्ब लगानी प्रतिबद्धता आएको थियो।


प्रकाशित : आइतबार, जेठ २० २०८१०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend