शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पर्यटकीय गन्तव्य ऐनापहरामा ‘एक कर्मचारी, एक फूलको बिरुवा’ रोप्ने अभियान

images
बिहीबार , जेठ १७ २०८१
images
पर्यटकीय गन्तव्य ऐनापहरामा ‘एक कर्मचारी, एक फूलको बिरुवा’ रोप्ने अभियान

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका-२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ।

images
images

तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिकाअन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ। 

images
images
images

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीको बैठकले ऐनापहरालाई सुन्दर बनाउन एक कर्मचारी एक फूलको बिरुवा रोप्ने निर्णय भएको हो।

images
images

ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यसको सौन्दर्यता कायम गर्न कर्मचारीको व्यक्तिगत खर्चमा गमलासहितको फूलको बिरुवा रोप्ने निर्णय भएको शर्माले जानकारी दिए। त्यसका लागि गाउँपालिकाका कर्मचारीको सहभागितामा ऐनापहरामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। 

images
images

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका-२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ। राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माणको काम जारी छ। 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए। चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ। यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन्।  


पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माण थालिएको छ। उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend