शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

झापामा हुरीबतासले करोडौँको क्षति : घरको छानो उडायो, विद्युतका खम्बा ढाल्यो

images
बुधबार, जेठ १६ २०८१
images
झापामा हुरीबतासले करोडौँको क्षति : घरको छानो उडायो, विद्युतका खम्बा ढाल्यो

मेचीनगर-१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ।

images
images

झापा- गएराति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ। हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर-७, ८ र १० मा ठूलो मात्रामा क्षति पुर्‍याएको बताए। उनका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युतका खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ।

images
images

मेचीनगर-१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ। भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले एक करोड रूपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए।

images
images

उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताए। सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट १० लाख रूपैयाँभन्दा बढीको क्षति पुगेको बताए।

नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताए।

मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छ भने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ।

धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ। त्यस्तै, मेचीनगर-८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पुर्‍याएको सूचना अधिकारी चन्दले जानकारी दिए। उनले क्षतिको थप विवरण संकलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताए। रासस


प्रकाशित : बुधबार, जेठ १६ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend