काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्यापटप तथा नोटबुकमा ५ प्रतिशत अन्त:शुल्क लगाएको छ। यसअघि सरकारले ल्यापटप तथा नोटबुकमा अन्त:शुल्क लगाएको थिएन।
विद्यालयमा नोटबुक तथा ल्यापटप अनिवार्य जस्तो बनाइरहेको समयमा ५ प्रतिशत अन्त:शुल्क लगाउँदा यसको उपभोग घट्ने देखिएको छ।
सरकारले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएपनि यस क्षेत्रमा काम गर्ने व्यक्तिलाई अनिवार्य हुने ल्यापटप तथा नोटबुकमा कर लगाएर यसको प्रयोगमा दुरुत्साहन गर्ने नीति लिएको छ।
पछिल्लो समय शैक्षिक र व्यावसायिक प्रयोजनका लागि ल्यापटप र नोटबुकको प्रयोग बढिरहेको छ।