शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

खपटासहितको काजुको भन्सार घट्यो, मसलाको बढ्यो, अरु कुनमा के भयो?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
खपटासहितको काजुको भन्सार घट्यो, मसलाको बढ्यो, अरु कुनमा के भयो?

त्यस्तै आलुको भन्सार बढाएको छ। यसअघि १० प्रतिशत रहेको भन्सार १५ प्रतिशत पुगेको छ। भ्याट हटाएको सरकारले भन्सार बढाइदिएको छ।

images
images

काठमाडौं- सरकारले काजुको भन्सार महसुलदर घटाएको छ। खपटासहितको काजुको दर घटाइदिएको हो। यसअघि १५ प्रतिशत रहेको भन्सारलाई १० प्रतिशतमा झारिएको छ। खपटा छोडाएको र नछोडाएको काजुको भन्सार यसअघि एउटै रहेको थियो। 

images
images
images

त्यस्तै सरकारले आलुको भन्सार बढाएको छ। यसअघि १० प्रतिशत रहेको आलुको भन्सार १५ प्रतिशत पुगेको छ। आलुमा भ्याट हटाएको सरकारले भन्सार बढाइदिएको छ। 

images
images

मसालाको भन्सार महसुल २० बाट ३० प्रतिशत पुर्‍याइएको छ भने औषधी उपचार, शल्यचिकित्सा, दन्त उपचार, पशुचिकित्साका लागि प्रयोग हुने सामानको भन्सार ५ प्रतिशतबाट १५ प्रतिशन बनाइएको छ।  

images
images

टेबलका सामग्री र भान्साका सामग्रीको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ। यसैगरी शौचालयमा प्रयोग हुने सामानको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाइएको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८१२०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend