काठमाडौं- सरकारले कोइला र पेट्रोलिय पदार्थमा हरित कर लगाएको छ। जसमध्ये पूर्ण पारिएको वा नपारिएको र असंगठित कोइलाअन्तर्गत अन्थ्रासाइड, बिटुमिनयुक्त कोइला, अन्य कोइला र कोइलाबाट उत्पादित ब्रिकेटहरुमा प्रतिकेजी ५० पैसाका दरले भन्सार महसुल लगाएको छ।
यस्तै सरकारले पेट्रोलियम पदार्थ र बिटुमिनयुक्त खनिजमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ। पेट्रोल, हेक्जेन र हाइस्पिड डिजेलमा प्रतिलिटर १ रुपैयाँले हरितकर लगाएको छ।