बिहीबार , मंसिर १३ गते २०८१    
images
images

मदिरामा बढाइयो अन्त:शुल्क, कुनमा कति?

images
मंगलबार, जेठ १५ २०८१
images
images
मदिरामा बढाइयो अन्त:शुल्क, कुनमा कति?

१२ देखि १७ प्रतिशतसम्मको हकमा प्रतिलिटर ४ सय ४४ रुपैयाँबाट बढाएर ४ सय ६० रुपैयाँ र १७ प्रतिशतभन्दा बढीको हकमा ५ सय १६ प्रतिलिटरबाट ५ सय ३५ रुपैयाँ बनाइएको छ।

images
images

काठमाडौं- सरकारले मदिरामा अन्त:शुल्क बढाएको छ। ५ प्रतिशतसम्म अल्कोहल भएको बियरको प्रतिलिटर २ सय ३५ रुपैयाँबाट बढाएर २ सय ४० रुपैयाँ, ५ प्रतिशतको हकमा २ सय ३५ रुपैयाँबाट २ सय ४० र १२ प्रतिशतसम्म अल्कोहलको हकमा ४ सय ४४ रुपैयाँबाट ४ सय ६० रुपैयाँ अन्त:शुल्क बनाइएको छ।

images
images
images

१२ देखि १७ प्रतिशतसम्मको हकमा प्रतिलिटर ४ सय ४४ रुपैयाँबाट बढाएर ४ सय ६० रुपैयाँ र १७ प्रतिशतभन्दा बढीको हकमा ५ सय १६ प्रतिलिटरबाट ५ सय ३५ रुपैयाँ बनाइएको छ।

images

यसैगरी छयाङ्ग कन्ट्री बियरको प्रतिलिटर ४३ रुपैयाँबाट ४८ रुपैयाँ अन्त:शुल्क बनाइएको छ।

images

ब्रान्डीको हकमा

१५ युपि शक्तिको प्रतिलिटर १८ सयबाट १८ सय ६० रुपैयाँ र प्रतिएलपी लिटरको २१ सयबाट २१ सय ८८ रुपैयाँ बनाइएको छ।

२५ युपि शक्ति प्रतिलिटर १३ सय ४५ रुपैयाँबाट १३ सय ९० रुपैयाँ र प्रति एलपीलिटर १७ सय ९० रुपैयाँबाट १८ सय ५३ रुपैयाँ बनाइएको छ। 

३० युपिको प्रतिलिटर १२ सय ५० रुपैयाँबाट १२ सय ९० रुपैयाँ र प्रति एलपी लिटर १७ सय ९० रुपैयाँबाट १८ सय ४३ रुपैयाँ बनाइएको छ।

हिस्कीको हकमा

१५ युपि शक्तिको हकमा प्रतिलिटर १८ सयबाट १८ सय ६० रुपैयाँ  र प्रतिएलपी लिटर १७ सय ९० रुपैयाँबाट १८ सय ५३ रुपैयाँ बनाइएको छ।

३० युपीको हकमा प्रतिलिटर १२ सय ५० बाट १२ सय ९० र प्रतिएलपि लिटर १७ सय ९० रुपैयाँबाट १८ सय ४३ रुपैयाँ बनाइएको छ।

रम

१५ युपिको हकमा प्रतिलिटर १८ सयबाट १८ सय ६० र प्रतिएलपि लिटर २१ सय २० बाट २१ सय ८८ रुपैयाँ बनाइएको छ।

२५ युपिको हकमा प्रतिलिटर १३ सय ४५ बाट १३ सय ९० रुपैयाँ र प्रतिएलपि लिटर १७ सय ९० बाट १८ सय ३५ बनाइएको छ।

३० युपिशक्तिको हकमा प्रतिलिटर १२ सय ५० बाट १२ सय ९० रुपैयाँ र प्रतिएलपी लिटर १७ सय ९० बाट १८ सय ४३ रुपैयाँ बनाइएको छ।

जीन र जनिभा

१५ युपिको हकमा प्रतिलिटर १८ सय बाट १८ सय ६० र प्रतिएलपी लिटर २१ सय १० रुपैयाँबाट २१ सय ८८ रुपैयाँ बनाइएको छ। 

२५ युपिको हकमा प्रतिलिटर १३ सय ९० र प्रतिएलपी १८ सय ५३ रुपैयाँ बनाइएको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend