बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

बजेटमा सयौँ राम्रा कार्यक्रम छन्, कार्यान्वयन भएमा लक्ष्य प्राप्ति हुन्छ : चन्द्र ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
images
बजेटमा सयौँ राम्रा कार्यक्रम छन्, कार्यान्वयन भएमा लक्ष्य प्राप्ति हुन्छ : चन्द्र ढकाल
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेटका कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। 

images
images

अर्थमन्त्री वर्षमान पुनले आज ल्याएको बजेटले लिएका कार्यक्रमले लगानी प्रबर्द्धन र रोजगारी सिर्जनार्तफ केन्द्रीत भएको उनको भनाइ छ। 

images
images

नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेअनुसार बजेटमा पनि घोषणा भएको उनले बताए। 

images
images
images

महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको उनले बताए। 

पर्यटनमा वैवाहिक पर्यटन माइस पर्यटन हिल स्टेसन विकास गर्ने विषय, सूचना प्रविधि क्षेत्रका लागि लिइएको नीति राम्रो भएको उनको भनाइ छ। 

बजेटको कार्यक्रम कार्यान्वयन भएमा ६ प्रतिशतको आर्थिक वृद्धि सहजै भेटिने उनको भनाइ छ। राजस्व नीतिका बारेमा आर्थिक विधेयक पढेपछि महासंघले धारणा दिने उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend