शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

धर्म, संस्कृतिका अन्तर्राष्ट्रिय सम्मेलन गर्न सरकारले प्रोत्साहन गर्ने

images
मंगलबार, जेठ १५ २०८१
images
धर्म, संस्कृतिका अन्तर्राष्ट्रिय सम्मेलन गर्न सरकारले प्रोत्साहन गर्ने

समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानीलगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्द्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

images
images

काठमाडौं- सनातन धर्म र संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्न सरकारले प्रोत्साहन गर्ने भएको छ। 

images
images
images

संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने उल्लेख छ।

images
images

सिम्रौनगढलाई विशेष संरक्षण गर्ने कार्यक्रम सरकारले अघि सारेको छ।

images
images

समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानीलगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्द्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा छ।

भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धनलाई पनि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले सुनाए। प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिने भएको छ।  

तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना हुने भएको छ। गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिनेछ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रूपैयाँ विनियोजन गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend