बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

स्रोतअनुसार बजेटको आकार अझ ठूलो नै भयो : पूर्वअर्थमन्त्री महत

images
मंगलबार, जेठ १५ २०८१
images
images
स्रोतअनुसार बजेटको आकार अझ ठूलो नै भयो : पूर्वअर्थमन्त्री महत

समग्रमा विनियोजनको कुरामा प्राथमिकता केन्द्रित नभएको भन्दै उनले बजेटले पुराना आयोजनाहरू अलपत्र पर्ने देखिएको प्रतिक्रिया दिए। ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भने ठीकै राखिएको उनको धारणा छ।

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अत्याधिक ठूलो बजेट बनाउने अवस्था नभए पनि स्रोतअनुसार बजेटको आकार अझ ठूलो नै भएको बताएका छन्। 

images
images

'विषयवस्तुहरू परिणाम आउने देखिएको छैन। बजेट छर्नेगरी विनियोजन गरिएको छ। हामीले बेथितीलाई हटाएर बजेटलाई सिष्टममा ल्याउन खोजेका थियौँ तर अहिले भत्काउने काम भएको छ। आन्तरिक ऋण बढाउने कुरा गलत छ। यसले निजी क्षेत्रमा जाने ऋणमा समस्या आउने देखिन्छ' बजेटपछि प्रतिक्रिया दिँदै उनले भने।

images
images

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका हुन्।

images
images
images

'प्रधानमन्त्रीले बजेट बढाउन खोजे पनि बढाउने ठाउँ नै थिएन। अझै पनि स्रोतबीना ठूलो बजेट ल्याइएको छ। सुधारको प्रारम्भ गर्ने भनेता पनि केही कुरा पनि उल्लेख छैन। बेजट सिष्टममा ठेक्का लाउने प्रवृती थियो। हामीले कार्यविधि बनाएर ३ करोडभन्दा कमको आयोजना नराख्ने भनेका थियौँ। अहिले उक्त कार्यक्रम पढ्नु भएको छैन। सुधार गर्ने बाटोमा जाने भन्नु भएको छ' पूर्वअर्थमन्त्री महतले भने।

बजेटेरी सुधार हुने कुनै पनि छाँट नदेखिएको भन्दै उनले ठूला आयोजनामा केन्द्रित नभएको बताए। 'कृषि क्षेत्रमा हामीले उत्पादनमा आधारित आनुदान दिने भनेका थियौँ। तर अहिले छोडिएको छ। प्रधानमन्त्री उद्यमशिलताको नाममा फेरि कार्यकर्ता पोस्नतिर लागेको देखिन्छ' उनले भने। 

'स्याउ आलु र प्याजमा लगाएको भ्याट हटाउनु भयो तर आन्तरिक उत्पादन बढ्ने भनेर झुट बोल्नु भयो। हामीले भन्सारमा लगाएको हो। अहिले हटाउने काम भयो। यसले आन्तरिक उत्पादनले कसरी प्रतिस्पर्धा हुने हो? यो व्यापारीसँगको सेटिङमा काम भएको देखिएको छ' उनले भने।

समग्रमा विनियोजनको कुरामा प्राथमिकता केन्द्रित नभएको भन्दै उनले बजेटले पुराना आयोजनाहरू अलपत्र पर्ने देखिएको प्रतिक्रिया दिए। ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भने ठीकै राखिएको उनको धारणा छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend