काठमाडौं- सरकारको पेट्रोल तथा कोइलामा हरित कर लगाएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा कोइला र पेट्रोलमा हरित कर लगाएको हो।
वातावरण प्रदूषणमा धेरै भूमिका रहेको भन्दै सरकारले पेट्रोल तथा कोइलामा नयाँ शीर्षक थपेर कर लगाएको हो। योसँगै अब पेट्रोल तथा कोइला थप महँगो हुनेछ।