काठमाडौं- मदिरा र सुर्तीजन्य पदार्थको कर बढ्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष मदिरा तथा सुर्तीजन्य पदार्थको अन्तशुल्क बढाएको बताएका हुन्। जसका कारण मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्ने छ।