काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष सिक्टा सिँचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेका छन्।
अर्थमन्त्री पनुले रानी-जमरा-कुलरिया सिँचाइअन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिँचाइ आयोजना सुरु गरिने घोषणा समेत गरेका छन्।