शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सीता दाहाल मेमोरियल कलेज अफ नेचरोपेथी एण्ड योगिक साइन्स स्थापनाको घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
सीता दाहाल मेमोरियल कलेज अफ नेचरोपेथी एण्ड योगिक साइन्स स्थापनाको घोषणा
images
images

काठमाडौं- काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचरोपेथी एण्ड योगिक साइन्स स्थापना र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जनाएका छन्। 

images
images
images

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचरोपेथी एण्ड योगिक साइन्स स्थापना र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। 

images
images

यस्तै आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथी, यूनानी, अक्युपङ्चर, सोवारिग्पा लगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गरिने जनाइएको छ। नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिने उल्लेख छ। 

images
images

काठमाडौंको बुढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माण सम्पन्न गरी सञ्‍चालनमा ल्याइने जनाइएको छ। 

सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने जनाइएको छ। आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गरिने जनाइएको छ। सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्‍चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइने उल्लेख छ। वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पुनले जनाएका छन्। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend