बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

एक लाख युवालाई रोजगारी दिन तीन अर्ब रुपैयाँ विनियोजन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
images
एक लाख युवालाई रोजगारी दिन तीन अर्ब रुपैयाँ विनियोजन
images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष एक लाख युवालाई रोजगारी दिन तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेका हुन्।

images
images

सरकारले एक लाख युवाको रोजगारी सुनिश्चित गर्ने गरी 'राष्ट्र निर्माण युवा अभियान' सञ्चालन गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रममा लागि ३ अर्ब बजेटसमेत विनियोजन गरिएको छ।

images
images

विश्व विद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवलाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्य गरी कार्यक्रम अघि बढाइने उल्लेख छ।

images
images
images

उद्योग व्यवसय, कृषि, पशुपक्षी तथा वन, होटल, पर्यटन, निर्माण क्षेत्रमा कार्यस्थलमा तालिम दिइने उल्लेख गरिएको छ। यो कार्यक्रमबाट कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने गरी तीन अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्रीले उल्लेख गरेका छन्।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend