बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड बजेट

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
images
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड बजेट
images
images

काठमाडौं‍- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर सरकारले बजेट विनियोजन गरेको हो। 

images
images

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका हुन्। 

images
images

कर्णालीका ५ पुल र ५० किलोमिटरका लागि ४ अर्ब, नागढुंगालगायतका सडक खण्ड निर्माणका लागि ९ अर्ब, भेरी-तमोर लगायतका कोरिडोरका लागि ३ अर्ब ८६ करोड, स्याप्रुवेँसीका लागि १ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

images
images
images

त्यस्तै रणनीतिक सडक १५० पुलका लागि २ अर्ब ४६ करोड, सुरुङ मार्ग निर्माणका लागि ५ अर्ब ६३ करोड रुपैयाँ, कोशी र नारायणी नदीका लागि जलयान टर्मिनल निर्माण गर्ने योजना सरकारले अघि सारेको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११६:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend