काठमाडौं- सरकारले दुई क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ।
विराटनगरमा रहेको गिरिजाप्रसाद क्रिकेट रंगशाला र काठमाडौंको मुलपानीमा रहेको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर प्रथमिकताका साथ निर्माण गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्।