शनिबार, साउन १२ गते २०८१    
images
images
images

सिटिजन्स बैंकले सुरु गर्‍यो कियोस्क सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ८ २०७८
images
images
सिटिजन्स बैंकले सुरु गर्‍यो कियोस्क सेवा
images

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनलले कियोस्क सेवाको सुरुवात गरेको छ। डिजिटल बैंकिङ अघि सारेको बैंकले आफ्ना ग्राहकलाई वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यो सेवा सुरु गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो सेवा सुरु गरे।

images
images

हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए।

images

कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : बिहीबार , पुस ८ २०७८१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend