काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासका लागि १ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको जनाएका छन्।