काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब ८४ करोड रुपैयाँ बजेट छुट्याएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/०८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
विभिन्न अस्पतालहरुको क्षमता विस्तार गर्ने लक्ष्य बजेटमा लिइएको छ।
गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोनज भएको थियो।