काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको बताएका छन्।
अर्थमन्त्री पुनले २ लाख जनालाई न्यूनतम एक सय दिनको रोजगारी दिने घोषणा समेत गरेका छन्।