शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बुढीगण्डकीसहित ४ हजार ८८ मेगावाट क्षमताका दर्जन परियोजना सुरु गर्ने घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
बुढीगण्डकीसहित ४ हजार ८८ मेगावाट क्षमताका दर्जन परियोजना सुरु गर्ने घोषणा
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब १४ करोड रुपैयाँ छुट्याएको छ।

images
images
images

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासमा फड्को मार्ने घोषणा समेत गरेका छन्। आगामी आर्थिक ४ हजार ८८ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण सुरु गर्ने घोषणा समेत गरेका छन्। 

images
images

संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ मा १२ सय मेगावट क्षमताको बुढीगण्डकी परियोजना निर्माण सुरु गर्ने समेत घोषणा गरिएको छ। 

images
images

आगामी आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गर्ने समेत घोषणा अर्थमन्त्री पुनले गरेका छन्। ४ हजार ५ सय मेगावाट सहित बंगालादेशमा बिजुली निर्यात गरिने छ।

विद्युत गृह र बाँध स्थल छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएर निजी क्षेत्रलाई आकर्षित गरिने उल्लेख छ। आगामी वर्षभित्रै १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना निर्माण सुरु गर्नेसमेत अर्थमन्त्री पुनले घोषणा गरेका छन्।

त्यस्तै आगामी वर्ष नै ६७० मेगावाट क्षमताको दूधकोशी, ४१७ मेगावाट क्षमताको नलसिंहगाडको पनि निर्माण सुरु गर्ने घोषणा अर्थमन्त्री पुनले घोषणा गरेका छन्। २८० मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय आयोजनाको निर्माण पनि आगामी आर्थिक वर्षभित्रै सुरु गरिने जनाइएको छ।

वैदेशिक रोजगारीमा भएका व्यक्तिलाई समेत लगानीमा प्रोत्साहन गरिने बजेटमार्फत घोषणा गरिएको छ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १०६३ मेगावाट क्षमताको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १०० मेगावाट क्षमताको तामाकोशी पाँचौ, ४२ मेगावाटको मोदी ए, २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनासमेत सुरु गर्ने घोषणा अर्थमन्त्री पुनले गरेका छन्। 

सुनकोशी तेस्रोको अध्ययन सम्मपन्न गरिने जनाइको छ भने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी परियोजनाको समेत अध्ययन आगामी आर्थिक वर्ष सम्पन्न गर्ने घोषणा गरिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend