काठमाडौं- सरकारले नेपालमै बनेका गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमार्फत सो व्यवस्था गर्ने भएको हो।
आगामी आर्थिक वर्षको बजेट भाषणबाट अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक निकायले अनिवार्य रुपमा नेपालमै बनेको गलैँचा प्रयोग गर्नुपर्ने बताएका हुन्।