काठमाडौं- सरकारले जनकपुरलाई 'वेडिङ हब' र लुम्बिनीलाई 'बर्थिङ हब'का रुपमा विकास गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।
भारतीय पर्यटकलाई लक्षित गरेर जनकपुरधामलाई वेडिङ हबको रुपमा विकास गर्न लागिएको हो। त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीलाई वर्थिङ हब बनाउने घोषणा सरकारले गरेको हो।