शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सूचना प्रविधिमा सरकारको महत्वाकांक्षी लक्ष्य, १० वर्षमा ३० खर्बको निर्यात गरिने

काठमाडौं र बुटवलमा सूचना प्रविधि पार्क, तीन वर्षसम्म नि:शुल्क वर्क स्टेशन

images
मंगलबार, जेठ १५ २०८१
images
सूचना प्रविधिमा सरकारको महत्वाकांक्षी लक्ष्य, १० वर्षमा ३० खर्बको निर्यात गरिने

सरकारले काठमाडौंको चारखालमा बहुतले भवन तथा खुमलटारमा ज्ञानपार्क निर्माण गर्ने सरकारले घोषणा गरेको छ।

images
images

काठमाडौं- सरकारले सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रुपमा अघि बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा अघि बढाउने भएको हो। 

images
images
images

अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरिरहेको बजेटमा सूचना प्रविधिबाट आगामी १० वर्षमा ३० खर्बको निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष रोजगारी दिलाउने उल्लेख गरिएको छ। यसका लागि नीतिगत तथा वित्तीय उत्प्रेरणाका कार्यक्रम सञ्चालन गरिने मन्त्री पुनले घोषणा गरेका छन्। 

images
images

सूचना प्रविधिका लागि आवश्यक पूर्वाधारका लागि काठमाडौं तथा बुटवलमा सूचना प्रविधि पार्क बनाउने सरकारले घोषणा गरेको छ। यसका लागि तत्कालका लागि अहिलेकै घर लिएर आवश्यक पूर्वाधारको व्यवस्था गरी सञ्चालन गरिने उल्लेख छ। यस्ता पार्कमा वर्क स्टेशन सञ्चालनका लागि तीन वर्षसम्म नि:शुल्क हुने छ।

images
images

सरकारले काठमाडौंको चारखालमा बहुतले भवन तथा खुमलटारमा ज्ञानपार्क निर्माण गर्ने सरकारले घोषणा गरेको छ। 

सूचना प्रविधिको विकासका लागि सरकारले आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गर्ने घोषणा पनि गरेको छ। गुणस्तरीय इन्टरनेट तथा सर्वव्यापी पहुँचका लागि कार्यक्रम अघि बढाउने सरकारले घोषणा गरेको छ। 


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend