सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

हकप्रदसँगै शिखर इन्स्योरेन्सको लाभांश चर्चाले उचालियो सेयर मूल्य, अघिल्लो वर्षकै हाराहारीमा लाभांश दिनसक्ने

images
शुक्रबार, पुस ९ २०७८
images
हकप्रदसँगै शिखर इन्स्योरेन्सको लाभांश चर्चाले उचालियो सेयर मूल्य, अघिल्लो वर्षकै हाराहारीमा लाभांश दिनसक्ने
images
images

काठमाडौं- लाभांश घोषणाको तयारीमा रहेको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य उचालिएको छ। ननलाइफ इन्स्योरेन्स कम्पनीमा कारोबारदेखि नाफाका हिसाबले पनि पहिलो नम्बरमा रहेको कम्पनीले प्रत्येक वर्ष सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। 

images
images
images

यो साताको अन्तिम दिन शिखर इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १५३ रुपैयाँले बढेको छ। सेयर मूल्य १६६८ रुपैयाँ पुगेको छ। कम्पनीको ९.९७ प्रतिशतले बढेको सेयर ४२ हजार ७ कित्ता सेयर कारोबार भएको छ। 

images
images

शिखरले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिनेगरी ५२ करोड  ७५ लाख रुपैयाँको लागि आवेदन दिएको छ। नेपाल धितोपत्र बोर्ड अनुमति दिने अन्तिम तयारीमा रहेको छ। कम्पनीले एनआइबीएल एस क्यापिटललाई प्रबन्धकमा नियुक्त गरिसकेको छ। 

images
images

कम्पनीको ५२ हप्ताको बीचमा अधिकतम मूल्य ३०२१ रुपैयाँसम्ममा कारोबार भएको थियो। त्यस्तै न्यूनतम कारोबार भने १३८७ रुपैयाँमा भएको थियो। १८० दिनको औषत कारोबार १८८८.४७ रुपैयाँ रहेको छ। 

कम्पनीले पहिलो तीन महिनामा १३ करोड ३६ लाख ५२ हजार ४ सय ४० रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले गत वर्षभन्दा १३.३२ प्रतिशत नाफा बढाएको छ। इन्स्योरेन्सको नाफा प्रतिसेयर आम्दानी २२६.७५ रहेको छ। कम्पनीको नाफाको हिसाबले अघिल्लो वर्षकै हाराहारी ३० देखि ४०  प्रतिशत लाभांश दिने क्षमता रहेको छ। 

कम्पनीको १ करोड ७५ लाख ८५ हजार २ सय ४० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको बजार भ्यालु २९ अर्ब ६८ करोड ३८ रुपैयाँ रहेको छ। कम्पनीको नाफाबाट कम्पनीका सेयरधनीहरूलाई गत वर्ष २७.७६९  प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद गरी २९.२३१ लाभांश दिएको थियो। 

कम्पनीले अघिल्लो आर्थिक वर्ष भने ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो।

कम्पनीले सबैभन्दा धेरै २०७२/७३ मा ६३.१५ प्रतिशत लाभांश दिएको थियो। सबैभन्दा कम भने आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०१:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend