शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

तनहुँमा विकास बजेटको खर्च कमजोर, तीन अर्ब विनियोजन भएकामा एक अर्बमात्रै खर्च

images
मंगलबार, जेठ १५ २०८१
images
तनहुँमा विकास बजेटको खर्च कमजोर, तीन अर्ब विनियोजन भएकामा एक अर्बमात्रै खर्च

तनहुँमा करिब एक चौथाइ विकास बजेट अन्तिम असार महिनामा मात्रै खर्च हुने गरेको विगतको तथ्यांकले देखाएको छ।

images
images

दमौली- तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ। संघीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशाजनक देखिएको हो। 

images
images
images

चालु आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारबाट विनियोजित बजेटमध्ये बैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ।

images
images

उक्त आर्थिक वर्षका लागि जिल्लामा तीन अर्ब ७९ करोड एक लाख ४० हजार आठ सय २९ विनियोजन भएकामा एक अर्ब ६० करोड ३१ लाख ७२ हजार ७८ रूपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए।

images
images

योजना छनोट गरेर लागु गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले सुरुका महिनामा कम खर्च देखिने उनको भनाइ छ।

अन्य महिनामा भन्दा आर्थिक वर्षको अन्तिम असार महिनामा धेरै बजेट खर्च हुने गरेको छ। चालुतर्फ भने सोही अवधिमा ८० प्रतिशत रकम खर्च भएको छ। चालुतर्फ नौ अर्ब चार करोड ६९ लाख ८० हजार नौ सय रूपैयाँ विनियोजन भएकामा सात अर्ब ३१ करोड नौ लाख नौ हजार नौ सय ७५ रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

गण्डकी प्रदेश सरकारमार्फत् जिल्लाका लागि दुई अर्ब ५१ करोड २८ लाख ६० हजार रूपैयाँ विनियोजन भएकामा यस अवधिमा एक अर्ब १५ करोड ६१ लाख ४० हजार रूपैयाँ खर्च भएको छ।

विकास बजेटतर्फ यस अवधिमा ४६ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ। चालतुर्फ भने ८६ करोड ५८ लाख २९ हजार पाँच सय ८० रूपैयाँ विनियोजन भएकामा ४२ करोड ६७ लाख आठ हजार १३ रूपैयाँ खर्च भएको छ। 

तनहुँमा करिब एक चौथाइ विकास बजेट अन्तिम असार महिनामा मात्रै खर्च हुने गरेको विगतको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै संघ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको थियो। 

यसैबीच  तनहुँको व्यास नगरपालिका-५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणले ऐतिहासिक तनहुँसुर दरबार परिसर सरसफाइ गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर गणले आज व्यास-११ स्थित तनहुँसुर दरबार परिसरमा सरसफाइ गरेको हो।

सेनाको टोलीले दरबार, खड्गकाली मन्दिर आसपास सरसफाइ गरेको गणका सेनानी कुसुम पहारीले जानकारी दिए। उनले भने, 'तनहुँसुर ऐतिहासिक तथा पर्यटकीयस्थल हो। यसको सुन्दरतालाई कायम राख्नका लागि सेनाको टोलीले सरसफाइ गरेको हो।'

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो। तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंश भएर रहेको भन्ने किम्बदन्ती छ। पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृंगीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ। 
 
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुंगेसाँगु, फूलपाती ढुंगा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्। रासस


प्रकाशित : मंगलबार, जेठ १५ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend