शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पारित भयो मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
images
पारित भयो मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

बैठकमा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ।

images
images
images

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचनासमेत पारित गरेको हो।

images
images

बजेटसँगै संसदमा टेबल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ। 

images
images

आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्णरुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए।

कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताए। 

बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्याल तथा आयोगका सदस्य र सदस्यसचिव लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, जेठ १५ २०८१११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend