शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

डलर साट्ने भन्दै कागजका टुक्रा दिएर फरार तीनजना पक्राउ

images
सोमबार, जेठ १४ २०८१
images
डलर साट्ने भन्दै कागजका टुक्रा दिएर फरार तीनजना पक्राउ

हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

सिन्धुली- डलर साट्ने प्रलोभन देखाएर नगद १८ लाख रूपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

images
images
images

प्रहरीले ठगीको अभियोगमा बाह्रबिसेका वर्षीय श्याम तामाङसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

images
images

गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय पुरूषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाएर पीडितको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिइ फरार भएका थिए।

images
images

ठगीको सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो।

हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : सोमबार, जेठ १४ २०८११७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend