आइतबार, भदौ २३ गते २०८१    
images
images

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ८ २०७८
images
images
मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत
images
images

काठमाडौं- मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच आज प्रतिसेयर अङ्कित मूल्य १०० रूपैयाँ रहेको छ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो।

images
images
images

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको छ लाख कित्ता, संस्थापक सेयरधनी संस्थामा काम गर्ने कर्मचारीलाई वितरण गरेको २१ लाख कित्ता र कम्पनीको संस्थापकको लगानी रहेको तीन करोड छ लाख कित्ता गरी कूल छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

मध्य भोटेकोसी जलविद्युत् कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणसमक्ष साधारण सेयरको बिक्री खुला गरेको थियो। नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनीको सङ्केत (एमबिजेसी) रहने र कारोबार सोही सङ्केतका आधारमा हुनेछ। रासस


प्रकाशित : बिहीबार , पुस ८ २०७८१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend