शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका

images
सोमबार, जेठ १४ २०८१
images
महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
फाइल तस्बिर

तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइने छ।

images
images

दमौली- तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ।

images
images
images

गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो। महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ।

images
images

गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष पञ्चमाया गुरुङले बताइन्।

images
images

उनले भनिन्, 'गत स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, ढाकाको कपडा बुनाइ पनि सोहीअन्तर्गतको हो।'

महिला दक्ष बन्नुपर्ने जनाउँदै गुरुङले दक्ष भए अरुको भरपर्न नपर्ने बताइन्। उनले भनिन्, 'महिलालाई आत्मनिर्भर बनाउन उनीहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गर्छौँ, आइतबारदेखि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ।'

तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइने छ।

सहभागीलाई चार तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइएको उद्यम विकास सहजकर्ता टीका आलेमगरले बताए। तालिममा सात महिलाको सहभागिता छ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम दिने मात्र नभइ प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गरे। उनले भने, 'तालिमलाई व्यावहारिकरुपमा उतार्न सकिए आत्मनिर्भर बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला, तालिम लिइसकेपछि पनि त्यस्ता महिलालाई के सहयोग गर्न सकिन्छ हामी गर्छौँ।' रासस


प्रकाशित : सोमबार, जेठ १४ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend