शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सिँचाइका लागि अनुदानमा स्यालो ट्युबवेल, कृषि उत्पादन बढ्ने अपेक्षा

images
सोमबार, जेठ १४ २०८१
images
सिँचाइका लागि अनुदानमा स्यालो ट्युबवेल, कृषि उत्पादन बढ्ने अपेक्षा

ट्युबवेल जडानका लागि कुल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन्।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आवमा १३ वटा स्यालो ट्युबवेल ५० प्रतिशत अनुदानमा जडान गरिएको छ। किसानलाई समूहमा आबद्ध गरी स्यालो ट्युबवेल जडान गरिएको हो। 

images
images
images

एक समूहमा २० देखि २५ जना किसान आबद्ध रहेका छन्। वडाध्यक्ष कमल ठकुल्लाका अनुसार दातृ निकायबाट छ, वडा कार्यालयबाट पाँच र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई गरी १३ स्यालो ट्युबवेल जडान गरिएको छ।

images
images

ट्युबवेल जडानका लागि कुल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेका छन्। स्यालो ट्युबवेल जडानले १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ।

images
images

'खेतामा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमै खेती गर्नुपर्ने बाध्यता थियो', स्थानीय किसान परमानन्द अवस्थीले भने, 'स्यालो ट्युबवेल जडान गरिएपछि समयमै धानको बीउ छर्न पाएका छौँ, रोपाइँ पनि समयमै हुने भएकाले धानको उत्पादन अरु वर्षको तुलनामा अधिक हुनेमा ढुक्क छौँ।'

स्यालो ट्युबवेल जडान भएका केही किसानले यस वर्षदेखि नै व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न भएको वडा सदस्य मनिदत्त पन्तले बताए। उनका अनुसार असैनालगायत क्षेत्रका किसानले तरकारीखेतीसँगै वसन्ते मकैखेती गरेर आम्दानी लिन थालेका छन्। सिँचाइ सुविधा भएपछि केही किसानले उखुखेतीसमेत गर्न थालेका छन्।

किसानलाई व्यावसायिक कृषितर्फ डोर्‍याउनका लागि वडा कार्यालयले आगामी आवमा प्रविधि हस्तान्तरण, बीउ, मललगायतमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। रासस


प्रकाशित : सोमबार, जेठ १४ २०८११२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend