शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

‘लहान एक्पो’ मा एक करोड ५९ लाख रूपैयाँभन्दा बढीको कारोबार

images
सोमबार, जेठ १४ २०८१
images
‘लहान एक्पो’ मा एक करोड ५९ लाख रूपैयाँभन्दा बढीको कारोबार

१० दिनसम्म चलेको महोत्सवमा एक करोड ५९ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ कारोबार भएकामा त्यसमध्ये एक करोड ४८ लाख ५२ हजार छ सय ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

images
images

सिरहा- उद्योग वाणिज्य संघ सिरहा लहानले गत चैत्र ३० गतेदेखि बैशाख १० गतेसम्म आयोजना गरेको ‘लहान एक्पोः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ मा एक करोड ५९ लाख रूपैयाँभन्दा बढी कारोबार भएको छ।

images
images
images

संघले आइतबार पत्रकार सम्मेलन गरी १० दिनसम्म चलेको महोत्सवमा एक करोड ५९ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ कारोबार भएकामा त्यसमध्ये एक करोड ४८ लाख ५२ हजार छ सय ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

images
images

संघका अध्यक्ष विकास सारडाले खर्च कटाएर १० लाख ७९ हजार छ सय ५६ रुपैयाँ नाफा भएको र आठ लाख ७२ हजार पाँच सय ६४ रुपैयाँ सरकारलाई राजस्व बुझाएको जानकारी दिए।

images
images

महोत्सवबाट प्राप्त नाफा रकमको १५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने नीतिअनुसार सप्तरीका अग्निपीडितलाई एक लाख रूपैयाँ रकम बराबरको सामाग्री प्रदान गरिएको र बाँकी रकम अन्य सामाजिक क्षेत्रमा खर्च गरिने पनि उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, जेठ १४ २०८११२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend