शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सेमिकन्डक्टर उद्योगलाई प्रबर्द्धन गर्न चीन सरकारले बनायो ४७.५ अर्ब डलरको कोष

images
सोमबार, जेठ १४ २०८१
images
सेमिकन्डक्टर उद्योगलाई प्रबर्द्धन गर्न चीन सरकारले बनायो ४७.५ अर्ब डलरको कोष

चीनको यो पछिल्लो लगानी कोष स्थापनाले चीन र अमेरिकाबीच प्रतिस्पवर्धा र विषय थप पेचिलो बन्ने देखिएको छ। अमेरिका र चीनमात्र होइन, ताइवान, मलेसिया, जापान, भारतलगायत मुलुकले पनि सेमिकन्डक्टर उत्पादनमा लगानी बढाएका छन्।

images
images

काठमाडौं- चीनले सेमिकन्डक्टर उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। सेमिकन्डक्टरमा अमेरिकासँग शितयुद्धको चरणमा रहेको चीनले नयाँ योजना अघि सारेको छ। 

images
images
images

चीनले सेमिकन्डक्टर उद्योगलाई प्रोत्साहन गर्न सरकारी लगानीको नयाँ कोष बनाएको छ। चीनले यसका लागि ४७ अर्ब ५० करोड अमेरिकी डलरको लगानी कोष बनाएको हो। यो कोष चीनले औपचारिक रुपमा मे २४ मा स्थापना गरेको हो। 

images
images

यो फन्डमा चीन सरकारसहित विभिन्न सरकारी कम्पनीहरू साझेदार छन्। यो फन्डमा सबैभन्दा ठूलो हिस्सेदारी चीन सरकारको १७ प्रतिशत रहेको छ। 

images
images

सेमिकन्डक्टरमा चीन र अमेरिकाबीच विभिन्न समयमा तनाव हुँदै आएको छ। अमेरिकाले पछिल्लो समय चीनबाट आयात हुने सेमिकन्डक्टरमा कडाइ गरिरहेको छ। 

सेमिकन्डक्टर वा चिपमा अहिले संसारकै दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू अमेरिका र चीन ठूलो युद्धकै अवस्थामा छन्। यो युद्ध हतियारको नभइ प्रविधिको हो। प्रविधिको आधुनिक युद्ध कसले जित्ला अहिलेसम्म भन्न सकिने अवस्था छैन।

चिप यस्तो आधुनिक प्रविधि हो जुनबिना मोबाइल फोन, कम्प्युटर, भान्सामा प्रयोग हुने विद्युतीय उपकरणदेखि सवारीसाधन तथा हतियारसम्ममा अपरिहार्य छ। 

विश्वको अत्याधुनिक प्रविधिका रुपमा रहेको यो क्षेत्रमा को अगाडि बढ्ने भनेर अहिले अमेरिका तथा उसका सहयोगी मुलुक एकातिर तथा चीन अर्कातिर भएर प्रतिस्पर्धा गरिरहेछन्। अमेरिकी प्रविधि प्रयोग भएको चिप मात्रै होइन, त्यो बनाउन प्रयोग हुने उपकरण र हार्डवेयरसमेत चीन निर्यातमा अमेरिकाले प्रतिबन्ध लगाएपछि यसले द्वन्द्वको अवस्था निम्त्याएको हो।

अहिले करिब करिब ५ खर्ब अमेरिकी डलर बराबर रहेको सेमिकन्डक्टर उद्योगको आकार २०३० सम्ममा पुग्दा दोबर हुने अनुमान गरिएको छ। तर प्रतिस्पर्धा चिपको उद्योग कति ठूलो हुने भन्ने होइन, यसको प्रयोगमार्फत प्राविधिक तथा सैनिक क्षमतामा कसले बाजी मार्ने भन्ने हो। त्यतिमात्रै होइन संसारको सबैभन्दा ठूलो चिप्स निर्माता मुलुक ताइवानमाथि चीन र अमेरिकामध्ये कसको प्रभाव बढी रहने भन्ने प्रतिस्पर्धा पनि सतहमा आइसकेको छ। 

अत्याधुनिक चिप उत्पादनको प्रविधि अहिले अमेरिका तथा यसका सहयोगी मुलुकहरू ताइवान, दक्षिण कोरियालगायतसँग छ। चीन चिप उत्पादनका लागि त्यो प्रविधि चाहन्छ तर अमेरिका त्यो प्रविधि प्रयोग गरी चीन प्राविधिक हिसाबले अघि बढ्न नसकोस् भन्नेमा छ।

अमेरिकाले आफ्नो प्रविधिमा बनेको चिप निर्यातमा प्रतिबन्ध लगाएपछि चीनले उसविरुद्ध विश्व व्यापार संगठनमा उजुरी गरेको छ। सँगसँगै उसले आफ्नो मुलुकका चिप उद्योगलाई करिब १ खर्ब ४३ अर्ब अमेरिकी डलर बराबरको सुविधाको प्याकेजसमेत दिने घोषणा गरेको थियो। चिपमा आत्मनिर्भर बन्ने प्रयासस्वरुप चीनले कम्पनीहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलोमध्येको वित्तीय प्याकेज ल्याएको हो, जसअन्तर्गत  पाँच वर्षसम्म अनुदान, कर सहुलियत दिइनेछ।

उता अमेरिकी कम्पनीहरूले समेत २०२० यता चिप्स उद्योगमा २ खर्ब अमेरिकी डलरभन्दा बढी रकम लगानी गरिसकेको छ। केही वर्षअघि चिप जायन्ट इन्टेलले २० अर्ब डलर लगानीमा दुई नयाँ सेमिकन्डक्टर उद्योग स्थापना गर्ने घोषणा गरेको थियो। त्यसको एक महिनापछि माइक्रोन टेक्नोलोजीले समेत एक दशकभित्र २० अर्ब डलर नै लगानी गर्ने घोषणा गरेको थियो। यो लगानीलाई पाँच गुणासम्म बढाउने उसको घोषणा थियो।

२०२२ मा मात्रै ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले अमेरिकाको फिनिक्समा एउटा ठूलो पार्टी आयोजना गरी अमेरिकामा मात्रै आफ्नो लगानी तीन गुणाले बढाएर ४० अर्ब डलर र्पुयाउने घोषणा गर्‍यो। साथै उसले अत्याधुनिक चिप उत्पादनका लागि दोस्रो नयाँ उद्योग स्थापनाको घोषणासमेत गरेको थियो। अमेरिकाको सेमिकन्डक्टर उद्योग एसोसियसनका अनुसार ३५ कम्पनीहरूले २ खर्ब अमेरिकी डलरभन्दा बढी लगानीको प्रतिबद्धता जनाएका छन्।

चीनको यो पछिल्लो लगानी कोष स्थापनाले चीन र अमेरिकाबीच प्रतिस्पवर्धा र विषय थप पेचिलो बन्ने देखिएको छ। अमेरिका र चीनमात्र होइन, ताइवान, मलेसिया, जापान, भारतलगायत मुलुकले पनि सेमिकन्डक्टर उत्पादनमा लगानी बढाएका छन्। 


प्रकाशित : सोमबार, जेठ १४ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend